माघ १४

विरगंज पथलौया औद्योगिक करीडोरमा रु ३० करोडको लागतमा नयाँ औषधी उद्योग सञ्चानको तयारीमा रहेको छ । वरा पर्षाको सिमा नजिक विरगञ्ज महानगरपालिका वडा ३२ मा प्राईम फर्मास्यूटिकल नामक उद्योग निर्माण प्रक्रिया पुरा भैसकेको छ ।
औषधी उद्योगकका प्रवन्ध सञ्चालक वृज किशोर चौवेका अनुसार उद्योग सञ्चालनको सम्पुर्ण प्रक्रिया पुरा भैसकेको र छिट्टै औषधी उत्पादन हुने वताइएको छ । नेपालमा औषधीको मागलाई पुरा गर्ने उदेश्यले स्थापित सो उद्योगमा ५ जनाको लगानी छ । उद्योगले क्याप्सुल सिरप, मलम र लोसन लगायतका औषधी उत्पादन गर्ने बताईएको छ ।उद्योग स्थापनावाट करिव ६० जनाले रोजगारी पाउने प्रवन्धकचोवेले भन्नु भयो । उक्त करिडोरमा जिडी फर्मा, नेपाल फर्मा, नेसनल फर्मा, कौवस्ट, एफेक्स, मारुती, जेसेटिका र भास्कर हर्वल र सुपिम फर्मा लगायतका एक दर्जन औषधि उद्योग सञ्चालनमा छन् ।