पहिलो समाचार
हेटौडा, माघ १० / राष्ट्रपति विद्यादेवी भण्डारी २५६ औं विजय उत्सव कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक धरोहरलाई जोगाउँदै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मकवानपुरगढी गाऊँपालिकाले मकवानपुरगढीको समृद्धिको आधार, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ यस बर्षको विजय उत्सव कार्यक्रम गरेको हो । मकवानपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै औद्योगिक क्षेत्रको स्तरीकरण गर्दै युवावर्गलाई लक्षित गरी रोजगारी श्रृजना गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले पर्यटकीय क्षेत्र, ऐतिहासिक धरोहरको विकासका लागि आवधिक विकास योजना प्रदेश सरकारले लागू गरिसकेकाले ऐतिहासिक क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश ३ प्रमुख अनुराधा कोईराला, मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, पुरातत्व विभागका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।