हेटौडा : प्रदेश न.३ सरकारले विश्वविद्यालय स्थापनाको लागि अध्ययन एवं सुझाब दिन कार्यदल गठन गरेको छ ।
सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो। कार्यदलमा प्राध्यापक डा.युबराज संग्रौला, प्राध्यापक डा. रमेश प्रसाद भट्टराई,प्राध्यापक डा.हरिकृष्ण श्रेष्ठ, प्राध्यापक डा.अञ्जना सिंह र प्रा.जगत कुमार श्रेष्ठ सदस्य रहनु भएको छ।

कार्यदलमा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख खेम भुषाल सदस्य सचिव रहनु भएको छ। कार्यदललाई २ महिना भित्र अध्ययन प्रतिवेदन प्रदेश सरकारलाइ बुझाउने कार्यादेश छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।

प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय पुस ९ गते नै गरेको थियो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको उक्त बैठकले विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भनि निर्णय गरेको बताइएको थियो ।