हेटौंडा : ३ नम्बर प्रदेश सरकारले प्रदेशमा सञ्चालन हुने परियोजनाहरुको प्राथमिकिकरण गर्ने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बिहिबार बसेको बैठकले अन्य बिभिन्न निर्णयहरु समेत गरेको छ । पुष्प व्यबसाय प्रबद्र्धन कार्यक्रम कार्यान्वयन, २०७५ को मस्यौदा, बिदेशबाट ज्ञान हासिल गरेका तथा शिक्षित युवा लक्षित व्यबसायीक कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, उच्च मूल्यका कृषि उपजहरुको प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, सहकारीमा आधारीत सामुहिक खेती कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
यस्तै भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले नै पेश गरेको कृषि चौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, भैसी सम्बद्ध व्यबसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्विकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यस्तै मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनितिक सल्लाहकारमा जेएन थपलियालाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ संसोधन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको साना कृषि सडक निर्माण, मर्मत तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्विकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा सहभागी हुनुहुन्थ्यो ।