काठमाडौँ । विधुतीय हाइटेन्सन तारबाट करेन्ट लागेर २ हात, १ खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीको हङकङमा उठेको २५ लाख रुपैया सहयोग प्राप्त गर्नुभएको छ । उहाँको सहयोगार्थ हङकङमा उठेको नेपाली २५ लाख रुपैयाँ बुधवार हस्तान्तरण गरिएको छ ।
काठमाडौँमा केही मिडिया र सिङ्गपुर पुलिसका रिटायर्ड चिफ ईन्स्पेक्टर धीरज गुरुङको रोहबरमा पीडित कृष्ण ओलीलाई उक्त रकम हस्तान्तरण गरिएको कृष्ण ओली सहयोग अभियानका एक संयोजक काजी गुरुङले जानाकारी दिनुभयो ।
विधुतीय हाइटेन्सन तारबाट करेट लागेर दुई हात र एक खुट्टा गुमाउन पुग्नुभएका कृष्ण ओलीका लागि कृतिम हात र खुट्टा जोडिदिनका लागि १२ दिन चलाएको उक्त सहयोग अभियानबाट २५ लाख नेपाली उठाउन सफल भएको गुरुङले बताउनुभयो ।