पविना लामा
हेटौंडा, माघ ९ / नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्र भयो भन्दै यस विरुद्धमा भईरहेको देशव्यापी कार्यक्रम अन्र्तगत आगामी माघ १० गते हेटौंडामा पनि प्रदर्शन कार्यक्रम गर्ने भएको छ ।
कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टचार, महंगी, मुल्यवृद्धी, वाइडबडी खरिद अनियमितता, निर्मला पन्त हत्या लगायतका गैरकानुनी र अलोकतात्रिक रबैयाको विरोधमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन कार्यक्रम गरी सरकारलाई दबाब दिने मुल उदेश्यले उक्त कार्यक्रम राखेको तरुण दलले जनाएको छ ।
देशव्यापी आन्दोलन कार्यक्रम अन्र्तगत ३ नम्वर प्रदेशको राजधानी हेटौंडामा हुन गईरहेको वृहत प्रर्दशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हेटौंडामा हुने उक्त कार्यक्रममा ३ नम्बर प्रदेश अन्तर्गत १३ ओटै जिल्लावाट ५ देखि ७ हजार यूवा सहभागी रहने पनि तरुण दलले पत्रकार सम्मेलन मार्फत जनाएको छ । प्रदर्शन कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग वस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भुपेन्द्र जंग शाही, कोषाध्यक्ष विद्धान गुरुङ्ग लगायत पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरुको सहभागी रहने कार्यक्रम रहेको सो पत्रकार सम्मेलन जानाकारी दिएको छ ।
कार्यक्रम दिउसो १२ बजे पार्टी कार्यालय हेटौंडा २ बाट सुरु भएर काँग्रेसचोक, उद्योगवाणिज्य चोक, चौघडा टेम्पो पार्क, स्कुल रोड हुँदै टिसिएनरोडबाट बस पार्क हुँदै जिल्ला प्रहरी कार्यलय मकवानपुरअघिबाट राप्तीरोड हुँदै वुद्धचोकमा कोणसभा गरी कार्यक्रम समापन गरिने तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठकले जानकारी दिनुभयो ।