हेटौंडाः नेकपा (माओवादी केन्द्र)को देशव्यापी कार्यक्रम अन्तर्गत शनिबार मकवानपुरका सबै वडाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार साँझसम्म सबै वडा सम्मेलन सकिएको विवरण प्राप्त भएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।
यसैबीच, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को भेलाले बासु कटुवालको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा सिबा प्रसाद लम्साल र हेमकान्त पौडेल, सचिवमा राधिका बिक र कोषाध्यक्षमा भानुभक्त दंगाल चयन भएका छन् । नेकपा माओबादी केन्द्र मकवानपुरकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन लगायतको आतिथ्य रहेको थियो ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को भेलाले राजेश मग्रातीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपा आचार्य, सचिवमा सोमलाल घलान, कोषाध्यक्षमा महेश थापा लगायत चयन भएका छन् । नेकपा (माओबादी केन्द्र) मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन, जिल्ला सदस्य कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो ।