प्रतिबद्धता मन्तव्य दिँदै प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष थापा

हेटौंडाः प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा अञ्जली थापा चयन हुनुभएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष थापा
प्रेस सेन्टरको पाँचौं जिल्ला सम्मेलनबाट निर्वाचित टिम र अतिथिहरु

समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा चयन भएका छन् । समितिको सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।

सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधितर्फ कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छ । सेन्टरको प्रदेश प्रतिनिधितर्फ ध्रुब अधिकारी, राजु शास्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाईं, मिना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई चयन भएका छन् ।

प्रेस सेन्टर मकवानपुरकी संयोजक अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री एवं नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टरका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्काको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, ३ नम्बर वडाध्यक्ष राजेश केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बाम वुद्धिजिबी ऋषिराम पोखरेल, अग्रज पत्रकार कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो ।