अध्यक्ष बर्तौला

हेटौंडा/नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको २२औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्रवण कुमार बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

सोमबार हेटौंडामा जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ चयन भएका छन् । समितिको सचिवमा मोहनचन्द्र चौलागाईं, कोषाध्यक्षमा बुद्धराज अर्याल, सहसचिवमा राजेन्द्र मोक्तान, झलक छत्कुली, शासन सापकोटा र मुकेश गोले चयन भएको जनाइएको छ ।

केन्द्रीय अध्यक्ष रंजित तामाङ

जिल्ला संयोजक आकाश पाख्रीनको अध्ययक्षतामा भएको कार्यकममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रंजित तामाङको प्रमुख अतिथ्यता रहेको थियो । सम्मेलनमा बागमती प्रदेशसभा सदस्य एवम् नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम लगायत विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।