हेटौंडाः नेकपा (माओवादी केन्द्र)ले मकवानपुरको बकैया गाउँपालिकामा सोमबार बृहत भेलाको आयोजना गरेको छ । सो पार्टीले बकैया गाउँपालिका स्तरीय युवा, महिला र तामाङ कमिटी समेत गठन गरेको हो ।
बकैया–६, स्थित गौतमबुद्ध पर्यटन पार्कमा भएको भेलाले पार्टीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल), अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र तामाङ राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको नेकपा (माओवादी केन्द्र), मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनले जानकारी दिए । वाईसीएलका केन्द्रीय महासचिव सुवोध सिपालीको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु)को विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।
भेलाले सुरेश लामा लोको अध्यक्षतामा ४५ सदस्यीय वाईसीएल बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा जनक गोले, सचिवमा संजिव दोङ, सहसचिवमा विकल्प केसी र कोषाध्यक्षमा सुनिता गोले चयन भएका छन् ।
त्यस्तै, भेलाले लक्ष्मी सिलवालको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा अमृता पाख्रिन, सचिवमा कविता लामिछाने, सहसचिवमा ललिता माझी र कोषाध्यक्षमा मनकुमारी विक चयन भएका छन् ।
त्यसैगरी विश्वराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय तामाङ राष्ट्रिय मुक्ती मोर्चा बकैया गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा एक्काबहादुर थोकर, सचिवमा विष्णुलाल वाईबा र कोषाध्यक्षमा चन्द्रबहादुर स्याङ्तान चयन भएका छन् ।
सोही अवसरमा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी दुई सय ४१ जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेको प्रचार विभाग प्रमुख पाख्रिनले बताए । उनका अनुसार जनकबहादुर लो, दिनेश थिङ, कमल जिम्बा, प्रशान्त गोले, मानबहादुर स्याङ्तान लगायतको नेतृत्वमा पार्टी प्रवेश गरेकालाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
वाईसीएल बकैया गाउँपालिकाका संयोजक सुरेश लामा लोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य सर्केश घलान, नेता विरबहादुर घलान, वाईसीएलका केन्द्रीय सचिव दिवश पाण्डे, माओवादी केन्द्र मकवानपुरकी सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, लक्ष्मी माझी कृपा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माओवादी मकवानपुरका सचिवालय सदस्य एवम् वाईसीएलका जिल्ला ईन्चार्ज सुमन पाख्रिन, अध्यक्ष राजकुमार मोक्तान, माओवादीका जिल्ला सदस्य लोकनाथ गौतम, बकैया गाउँपालिका अध्यक्ष भक्त खत्री, वाईसीएल बागमती प्रदेश सदस्य विष्णु नेगी, जिल्ला सचिव लवराज ठकुरी, जिल्ला सदस्य अविरल गजुरेल लगायतको आतिथ्य रहेको थियो ।