File photo

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आज बुधबार भएको उपमहानगरपालिकाको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरिएको बजेटमा आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा असार मसान्तसम्म खर्च नभर्इ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँ प्राप्त हुने उपमेयर लामाले बताइन् ।