राहुल गुप्ता/बीरगंजः कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले नारायणी अस्पताललाई कोभिड १९ चेकजाचमा अभाव हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोग गरेको छ ।

आरडिटी किट सहित नारायणी अस्पताल पुगेर प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादव तथा संघीय सांसद प्रदिप यादवले संयुक्त रुपमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई आरडिटी किट हस्तान्तरण गरे । नारायणी अस्पतालमा किट अभावले कोरोना भाइरस चेकजाच बन्द भएको खबर पश्चात प्रदेश २ सरकारले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बचाउ तथा रोकथामका लागि चेकजाँचमा कुनै कमी हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोय गरिएको प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादवले बताइन् ।

प्रदेश २ का अर्थ राज्यमन्त्री उषा देवी यादव तथा संघीय सांसद प्रदिप यादवले १ वटा पिसीआर मेशिन तथा करिब ८ हजार पीस भिटिएम दिने प्रतिबद्धता जनाएका छन् । यसैबीच सोमबार बीरगन्जमा यहाँका उद्योगी व्यापारीसँग छलफलपछि यस्तो प्रतिबद्धता आएको हो । यसअघि वीरगञ्जमा पिसीआर मेशिनको आवश्यक्ता महशुस गरिएको हुनाले यसभन्दा पहिला पनि वीरगञ्ज महानगरपालिकाले पनि पिसीआर मेशिन चाहिन्छ भन्ने जनाए अनुसार प्रदेश सरकारले अर्को पिसिआर र पर्याप्त भिटिएम पठाउन लागेको हो । साथै यसको खरिद प्रक्रिया तीन दिनभित्र पुरा गर्ने जनाइएको छ ।

महानगरमा आएको रकम अन्य कार्यमा सदुपयोग गर्न पाइने भनेर सहभागीहरु खुशी देखिएका थिए । हस्तान्तरण कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, विधार्थी नेता निखिल वर्णवाल, प्रकाश शर्मा लगायतको उपस्थित थिए ।