राहुल गुप्ता/बीरगंजः बीरगंजका एक युवा नेताले आफ्नो १५औँ बैवाहिक बार्षिकोत्सवको अवसर पारेर रक्तदान गराउने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका एक चर्चित युवा नेता अकलेश साहले आफ्नो बैवाहिक वार्षिकोत्सवको अवसरमा रक्तदान गर्ने घोषणा गरेका हुन् ।

अहोरात्र जनताको सेवामा समर्पित भई स्थानीयको मन मस्तिकमा बस्न सफल भएका अखिल नेपाल पिछडावर्ग महासंघ पर्साका अध्यक्ष एवम् ड्राईभिङ्ग स्कुल संघ नेपाल २ नम्बर प्रदेशका अध्यक्ष अकलेश साहले आफ्नो विवाह भएको १४ बर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान गराउने घोषणा गरेका हुन् । नेता साहले आफ्नो १५ बैवाहिक दम्पत्य जीवनको दिन बीरगंजमा रगतको अभाव भएका हुँदा ५० पोका रक्तदान गराउने घोषणा गरे ।

स्थानीय जनताको सुखदुखमा साथ दिँदै आएका साहले यसअघि पनि जाडोको समयमा कम्बल, दाउरा बितरण गर्ने गरेका छन् । लकडाउनमा आफ्नो ब्यक्तिगत पहलबाट राहत सामग्री पनि उनले बितरण गरेका छन् । उनी साह समाज परिवर्तन नेपालका अध्यक्ष समेत हुन् ।

आगामी शनिबार २४ गते नर्सिंग माध्यमिक विद्यालय पिपरा मठ परिसरमा हुने उक्त रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरिदिन पनि उनले इच्छुकलाई अुरोध गरेका छन् ।