हेटौंडाः जन सरोकार केन्द्र मकवानपुरले रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मञ्चका संयोजक ध्रुब प्रसाद चौलागाईंले सो घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
एक्काईसौं सताब्दीमा आएर पनि जातीयताका आधारमा भेदभाव गरी हत्या गरिनु अत्यन्तै निन्दनीय कार्य हो भन्दै विज्ञप्तिमा उक्त निन्दनीय कार्यको निस्पक्ष छानविन गरी दोषी सबैलाई कारवाही गर्न सम्वन्धित निकायसँग जोडदार रुपमा गरिएको छ ।
आगामी दिनमा यस्ता अमानवीय कार्यहरु दोहोरिन नदिनु हामी सबैको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ । साथै, दलित संजालले सार्वजनिक गरेका कार्यक्रमहरुको पुर्ण समर्थन गरेको पनि जनाइएको छ ।
”अहिले कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनको ख्याल गरी सामाजीक दुरी कायम राखी विरोधका कार्यक्रम गर्न दलित संजाल लगायतका सबैलाई अनुरोध गर्दै विरोध कार्यक्रमहरुलाई समर्थन गर्न समेत आम जनसमुदायमा अपील गर्दछौं”, विज्ञप्तिमा भनिएको छ ।