चीनमा फैलिएको कोरोना भाइरसको जानकारी पहिलो पटक दिँदै चेतावनी दिने डाक्टरको कोरोनाकै कारण मृत्यु भएको पिपुल्स डेली चाइनाले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी दिने डाक्टर ली वेनलियाङ्गको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।

सार्स जस्तै खालको रोगको संक्रमण वुहानमा फैलिएको सार्वजनिक गरेपछि उनलाई स्थानीय प्रहरीले भ्रम नफैल्याउन भन्दै नियन्त्रणमा लिएको थियो । तर पछि उनलाई राष्ट्रिय हिरोको रुपमा समेत चित्रित गरिदै आएपनि उनी भने सार्वजनिक हुन सकेका थिएनन् ।

समाजिक सञ्जालमा भने उनले सही समयमा सुचना दिएको भन्दै हिरोको रुपमा चर्चा गरिदै आएको छ ।