हेटौंडा,पुस १८
कर्णली प्रदेश दैलेख दुल्लु नगरपालिका १० स्थित श्री पन्चकोशी ज्वाला मा.वि गमौडीको अभिभावक भेलामा विवाद हुदा भेला स्थगित भएको छ । वडा अध्यक्ष हर्क बहादुर खड्का, विद्यालय व्यवस्थापन अध्यक्ष गोपाल कवर एव् सोही विद्यालयका प्र.अ गगन बहादुर खड्का लगायतले भेलाको प्रक्रिया नपुर्याई मनोमानी ढंगबाट निर्णय गर्न खोजेको भन्दै अभिभावकद्धारा भेला अवरुद्ध भएको हो ।

अभिभावक भेलाका सहभागीहरुले मनोमानी ढंगबाट समितिमा रहने व्यक्तिहरु छनोट गर्न पाईदैन भन्दै भेलामा उपस्थित रहेको अभिभावक भित्रबाट नै समितिमा रहने व्यक्तिहरु छनोट हुनुपर्ने माग राखेपछि भेला अवरुद्ध भएको छ । आम अभिभावकको वीचबाट २ सदस्य र ४ खुल्ला सदस्य अभिभावकलाई जानकारी नदिई खल्तिका मान्छे भेलामा प्रस्ताव गर्न खोजेको भेलामा उपस्थित अभिभावकको आरोप छ ।

भेला प्रक्रिया भन्दा बाहिर रहेकोले तुरुन्त अर्को अभिभावक भेलाको मिति तयगरी नीतिगत ढंगबाट जान आदेससहितको अभिभावकहरुले आम अभिभावकको हस्ताक्षरसहितको विज्ञप्ती निकालेका छन् । यसैगरी नेपाली कांग्रेस वडा कमिटीले पनि अर्को भेलाको माग राख्दै अभिभावकहरुको समर्थन गरी विज्ञप्ती निकालेका छन् ।