हेटौंडा, पुस १७
अखाद्य वस्तुको उत्पादन र मिसावट गरी खाद्यन्न उत्पादन गर्ने उद्योगी व्यवसायीलाई कडा कारवाही हुने जानकारी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय पर्साद्धारा जीतपुरमा आयोजित कार्यक्रममा सो जानकारी गराईएको हो । कार्यलय प्रमुख एव् खाद्य अनुसन्धान अधिकृत रत्नाकान्त झाका अनुसार अखाद्य वस्तु उत्पादन र मिसावट गर्नेलाई सम्वन्धित अदालतमा मुद्धा दायर गर्ने र कैद जरिवानाको समेत व्यवस्था रहेको बताईएको छ ।

खाद्य वस्तुको उत्पादन र उपभोग मानव स्वास्थ्यसंग जोडिएकोले गुणस्तरिय एव् सरकारको मापदण्ड नुसारमा उत्पादन गर्नु पर्नेमा झाले दिनु भयो । खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्वन्धि छलफल तथा तालिममा सहभागीहरुलाई कुनै समस्या आए गुणनियन्त्रण कार्यलयमा आउन र हेलचक्राई नगर्नु समेत आग्राह गरेका छन् । सो कार्यलयबाट आयोजित सो तालिममा उद्यमीहरुलाई उद्योगका प्रशोधन कक्ष, प्रशोधन प्रविधि तथा उपकरण क्यालिविरेसन, कच्चा पदार्थको भण्डारण, प्रक्रिया नियन्त्रण, पानीको प्रयोग, सरसफाई, व्यक्तिगत सरसफाई, किराको नियन्त्रण, फोर व्यवस्थापन, मेसिन मर्मतसभांर, ढुवानी, गुणस्तरहिन पत्पादनको व्यवस्थापन, रेकर्ड अभिलेख, तालिम तथा जनशक्ति व्यवस्थापन र उपभोक्ताको गुनासो लगायतका विषयमा जानकारी गाराईएको थियो ।

साथै खाद्य ऐन नियमका विषयमा कार्यलयका प्रविधिक साहायक श्रवण साहले जानकारी गराउनु भएको थियो । सो अवसरमा उद्योगी रामकृष्ण रौनियारले अस्वस्थ प्रतिस्पर्धाको कारण गुणस्तरिय वस्तुको उत्पादन र विक्री हुने गरेकोले सम्वन्धित सरकारी निकायले कडाईका साथ लाग्नु पर्ने बताएका छन् । वारा र पर्सा जिल्लाको जिम्मेवारी पाएको सो कार्यलयले वजार अनुगमन तथा अनुज्ञापत्रको सिफारिस गर्ने गरेको छ ।