हेटौंडा, पुस १७
महोत्तरी जलेश्वर नगरपालिका–५ विसनपुरका एक किशोरमाथि गोलि प्रहार गरि गम्भिर घाइते बनाइएको छ। गम्भीर घाइतेलाइ स्थानीय अस्पतालले त्यहाँ उपचार असम्भव भन्दै काठमाडौं पठाएको छ । १४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन् ।
भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ । ‘घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको छ। फरार सिंहको खोजी जारी छ,’ प्रहरी उपरिक्षक ९एसपी० श्यामकृष्ण अधिकारीले बताए। गोलिबाट गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएकोमा अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरेको छ ।
पिकनिक मनाउन गएका उनलाई साँझ गोलि लागेको अवस्थामा घर ल्याएपछि तुरुन्तै जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको घाइतेकी काकी उसादेवि कापरले बताइन्। उनले पहिला कसैसँग रिसइवि झैझगडा भएको जानकारी समेत नभएको बताइन्। स्थानीय अस्पतालले काठमाडौं पठाएपछि राती नै एम्बुलेन्सबाट राजधानीतर्फ लगिएको छ।