हेटौडा,पुस १०
चितवन सुन्दरबजार स्थित माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बुधबार सुन्दरबजार ६ नमुना टोलस्थित वामदेव गौलीको घरमा वालको काम गर्ने क्रममा माटोको ढिस्को खसेर चितवनको राप्ती नगरपालिका ३ का २५ वर्षीय संगम चेपाङको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार ६ जना पुरिएका थिए । पुरिएर घाइते भएकामध्ये दोर्दी गाउँपालिका ८ का ५२ वर्षीय बलबहादुर तामाङ गम्भीर छन् । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ।