हेटौंडा, पुस७
घोराहीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेका २ वर्षीय युवराज घर्ती र ४ वर्षीय समीर घर्तीको खेल्ने क्रममा घर नजिकै रहेको किचेनी दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।