हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ ।
पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, दश वटै स्थानीय तह, विभागीय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत दिइएको नेकपा मकवानपुरले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जिल्लामा पार्टीले अब गति लिने दाबी गरिन् । हरेक वडा कमिटी निर्माणमा पार्टी प्रवेशको लहर चलेको भन्दै उनले यसलाई अब्बल पार्टी बनाउन सिंगो पार्टी पंक्ति र यसका कार्यकर्ता लागिपर्ने जानकारी दिइन् ।
नेकपा मकवानपुरले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिम्मेवारी वाँडफाँडको बारेमा जानकारी दिएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका सहइन्चार्ज रामेश्वर रानाले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पुरा गर्नुपर्ने वताए ।
लोकतन्त्रलाई आत्मसाथ गरेर काम गर्नका लागि उनले सबैलाई आग्रह गरे । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टी भन्दा माथी कोही पनि नहुने भएकाले यसै अनुसार काम गर्नका लागि सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, जिल्ला स्तरका विभिन्न संगठन विभागका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।
नेकपा मकवानपुरको वैठकले गरेको जिम्मेवारी वाँडफाँडको विवरण यस्तो छ ।