हटौंडा, २४ मंसिर:
बालविवाह न्यूनिकरण गर्न स्थानिय तहले कस्तो प्रयासहरु चालेका छन् ? वालविवाह विरुद्धका अभियान सञ्चालन गर्न वडामा कति रकम पालिकाले विनियोजन गरेका छन् ? ३ नम्वर वडामा टोल विकास गठनमा किन ढिलाई भयो जस्ता प्रश्नहरु जनप्रतिनिधिहरुलाई सोधिएको छ । मनहरी गाउँपालिकाको ३ नम्वर वडा हाँडीखोलामा मगंलवार गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा कार्यक्रमको सहभागीहरुले सो प्रश्नहरुको जवाफ खोजी गरेको हो ।
लैंगिक हिंसा विरुद्धको १६दिने अभियान अन्तर्गत बालविवाह विरुद्ध विषयमा सार्वजानिक सुनुवाईको सभा अध्यक्ष एव् सोही वडाको अध्यक्ष मान बहादुर स्याङ्तान र प्रमुख अतिथि रहेका गाउँपालिका उपाध्यक्ष मनिला विष्टलाई लक्षित गरी विद्यार्थीहरु एव् सहभागीहरुले सो प्रश्न उठान गरिएको हो । पालिका उपाध्यक्ष विष्टले सोधिएको प्रश्नको जवाफ दिदै, पालिकाले बालवालिको क्षेत्रमा काम गर्ज ५८ लाख र सामाजिक विकास मन्त्रालयबाट ३ लाख गरी जम्मा ६१ लाख वजेट भएको बताएका छन् । टोलविकास गठन गर्न ३ नम्बर वडामा गठन गर्ने प्रयास गर्दा गर्दै आन्तरकि समस्या भएको र समस्याको हल वडाका नेतृत्वले गरे छिट्टै गठन गर्ने प्रतिवद्धता उपाध्यक्ष विष्टले गरे ।
त्यस्तै गरी वडा अध्यक्ष स्याङ्तानले पनि बालविवाह न्यनिकरण गर्नको लागि वालक्लवहरु गठन गरेर प्रयासहरु भईरहेको र आफुले २० वर्ष नपुगी विहे गर्न लागिए थाहा पाईएको विहे वदर गरेको समेत बताईएको छ । यसरी बालविवाह न्युनिकरणमा स्थानिय तह लागि परेको स्याङ्तानले जिकिर गरेको छ । मकवानपुर महिला समुहको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य प्रमुख निर्मला लामा, बालविवाह मुक्त प्रदेस अभियानको सहजकर्ता पविना लामा, प्रहरी प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतले मन्तव्य राखेको थियो । मकवानपुर महिला समुहको कार्यक्रम संयोजक निसा लामाले कार्यक्रममा स्वागत मन्तव्य राखेको थियो ।