हेटौंडा,२३ मंसीरः ‘समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ मा लैंगिक हिंसा बिरुद्ध अन्तरक्रिया कार्यक्रम भएको छ ।

अभियानका बारेमा सो क्षेत्रका चेपाङ तथा तामाङ समुदायका महिलाहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको आयोजक अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले जानकारी दिइन् ।

अनेमसंघ (क्रान्तिकारी), मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी), मकवानपुरकी अध्यक्ष लक्ष्मी पाख्रिनको सभाध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी सहइञ्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीको विशिष्ट आतिथ्यता तथा नेकपा मकवानपुरका कार्यालय सदस्य प्रमिला लामा (श्रद्धा) नेकपा मकवानपुरका सचिवालय सदस्य बलराम बल, अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, संगठनकी केन्द्रीय सदस्य रन्जना श्रेष्ठ, कमला पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।