हेटौंडा,२३ मंसीरः दुबै मृगौलामा समस्या देखिएपछि मकवानपुरको थाहा नगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि अपील गरेको छ । थाहा नगरपालिका–१, कुञ्छालका राज गोपालीले आफ्नो भाई सिमोनको उपचारको लागि सहयोग मागेका हुन् ।

गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् । ‘हामीले २० लाख उपचारमा खर्च गरिसक्यौँ, सकेसम्म उपचार गरौँ भन्ने सोच थियो तर अब उपचार खर्च जुटाउन नसक्ने भयौँ सिमोनका दाजु राज गोपालीले भने, त्यसैले सबैसँग सहयोग मागिरहेका छौं।’
परिवार र आफन्तजनबाट केहि रकम संकलन गरेता पनि उपचारमा खर्च नपुग्ने भएपछि हाल भाई सिमानेलाई घरमै डाईलाशीस गरि राखिएको उनका बुबा सिताराम गोपालीले बताए ।

उपचारमा भर्ना बाहेक थप २० देखि २५ लाख रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ । तर त्यति धेरै पैसा जोहो गर्न सकिरहेका छैनौँ । गोपालीको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ । गेपालीलाई सहयोग गर्न चाहनेले सिमानेका दाई राज गोपालीको मो. ९८६२७२९४५१ र बुबाको मो.९८५५०७२११० मा सम्पर्क गर्न सकिनेछ ।