हेटौंडा,१९ मंसीरः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा मकवानपुर महिला समूहले मनहरीमा सेफ्टी बुँथ सञ्चालन गरेको छ ।
लैंगिक हिंसा बिरुद्ध जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने उद्देश्यका साथ बुँथ सञ्चालन गरिएको मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् । आजबाट सुरु भएको बुँथ २ दिनसम्म सञ्चालन हुनेछ । बुँथमा गीत, पर्चा, पम्प्लेट, ब्रोसर लगायत प्रकाशनहरु मार्फत हिंसा बिरुद्धका सन्देश दिइने जनाइएको छ ।
आजको कार्यक्रममा स्थानीयहरुले चासोका साथ हेरेका र बजारमा आउने स्थानीयहरुले बुँथसम्म आएर त्यसबारे जानकारी लिएको मनहरीस्थित मकवानपुर महिला समूहकी सामाजिक परिचालक रोशनी ढकालले बताइन् ।
बुँथ सञ्चालनका क्रममा किशोरी समूहले तयार पारेको सन्देशमूलक नाटक मञ्चन गरिने मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीले जानकारी गराइन् ।