हेटौंडा,१८ मंसीर। मकवानपुरको राक्सीराङ गाउँपालिकाको सिलिङ्गे जोड्ने सडक वनेपछि स्थानीय वासिन्दाहरुमा खुसी छाएको छ ।
राक्सिराङ गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग र बाँकी रकम स्थानीय आफैले संकलन गरेर लोथर हुँदै परेवाकोट, काँकडाको शिलाधुनी हुँदै शिलीङ्गे जोड्ने सडक निर्माण भएको हो । चितवनको भण्डारा हुँदै करिव ४ घण्टा लगाएर पुग्ने गरेको उक्त स्थानमा अब करिव एक घण्टा पनि नलाग्ने भएको छ ।
स्थानीयलाई गाउँपालिका, वडाको काम लिन पनि अर्को जिल्ला घुमेर आउनुपर्ने बाध्यता पनि थियो । तर अहिले त्यो समस्या समाधान भएको छ । सो बाटोको उद्घाटन् प्रदेश सभाका सदस्य सन्तराम चेपाङले गर्नुहुँदै अब यहाँको बासिन्दाको सुखको दिन आएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, स्थानीय समाजसेवी, एवम जनप्रतिनिधिहरु लगायतकाको उपस्थिति रहेको थियो ।