मंसीर,१५ः भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । १३ हजार ४ सय ४९ मतसहित प्रदेशसभा सदस्यमा भँडेल विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन्, भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरे ।