–बिदुर खडका
वारा । सरकारी निकायले कृषि मजदुर देखि लिएर हरेक क्षेत्रमा कामगर्ने ज्यालादारि श्र्रमिकहरुको लागि न्युनतम ज्यालादर निर्धारण गरेको बर्षौ बितिसक्दा पनि सरकारले निर्धारण गरेको उचित ज्याला पाउन सकेका छैनन । तेसो त सरकारकै मातहतमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रका मजदुरहरु तोकेको ज्याला पाउनको लागि मर्यादित कामको लागि जिफन्टको अभियानमा सहभागि भएका छन ।
बिगत १५ बर्ष देखि राष्ट्रिय उखुबाली केन्द्र परवानिपुरमा काम गरिरहेको मनोज कमार सिह लगायतका मजदुरहरुले सरकारले तोकेका ज्याला सरकारले नै दिन आनाकानि गरेपछि दलगत श्र्रमिक संगठनमा आबद्ध हुन लागेका हुन ।
हाल जिफन्टले संञ्चालन गरेको मर्यादित कामको लागि उचित पारिश्र्रमिक अभियानमा दैनिक ज्यालादारिमा कामगर्ने हरेक क्षेत्रका मजदुरहरुलाई संगठित गरि कंम्पनि, उद्योग र सरकारलाई दबाब दिनको लागि अभियान संञ्चालन गरेको जिफन्टका नेताहरु दिनेश राई बताउछन ।