हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी भिमफेदी गाउँपालिका–२, को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कर्णबहादुर पाख्रिनको अध्यक्षतामा २९ सदस्यीय कमिटिले आज एक कार्यक्रमबीच सपथ ग्रहण गरेका हुन् । प्रदेश सभा सदस्य एवम् जिल्ला सहईन्चार्ज कुमारी मुक्तानले वडा कमिटिका अध्यक्षसहित सदस्यहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

सहइञ्चार्ज मोक्तानको प्रमुख आतिथ्यतामा भएको सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका कार्यालय सदस्य प्रमिला लामा, नेकपाका नेताहरु रामचन्द्र बल, विष्णु दाहाल, बद्री स्याङ्तान, अप्सरा लोप्चन, सानु थापा लगायत सहभागी थिए ।