पछिल्लो समय नेपाली बजारमा मात्रै नभएर भारत बंगलादेशमा पनि प्याजको मूल्य दिनदिनै बढ्दै गएको पाइएको छ ।
प्याजको मूल्य आकाशिएसँगे चोरले पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन् ।
भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चोरेको छ । अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन् । केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे । –एजेन्सी