हेटौंडाः बुटवल–२, स्थित उजिर सिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा छवि नेपाल र शिक्षक अभिभावक संघको अध्यक्षमा सुहा बहादुर नेपाली चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा वडा प्रतिनिधि सुनिल शाक्य, टिका प्रसाद उपाध्याय, दिपेन्द्र शाक्य, तिला थापा, नसिरा खातुन, गंगा घिमिरे र शिक्षक प्रतिनिधीको रुपमा गौतम लाल शाक्य चयन भएका छन् ।

त्यस्तै, सुहा बहादुर नेपालीको नेतृत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयका प्रधानाध्यापक तथा छनोट समितिका सदस्य पदम राज ज्ञवालीले जानकारी दिए । नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका पदस्थापन समेत गरिएको ज्ञवालीले बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष छवि नेपालले विद्यालयको विकासमा ध्यान दिने भन्दै प्रतिबद्धता मन्तव्य व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक ज्ञवालीको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् वडा अध्यक्ष रमेश नेपालले नवनिर्वाचित अध्यक्षसहित सबै सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।