अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
सन्धीखर्कबाट बुटबवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बस सन्धीखर्क नगरपालिका–१ स्थित नरपानी र घुम्चीको बीचमा दुर्घटनामा परेको हो । बस सडकबाट झन्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ५ का डीआइजी शुरेशविक्रम शाहका अनुसार ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार घटनास्थलमा उद्धारकार्य भइरहेको छ ।