तस्वीरः जिप्रका मकवानपुर

हेटौंडाः ईलाका प्रहरी कार्यालय (ईप्रका) मनहरीले लागू औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतको ईप्रका मनहरीबाट खटिएको विशेष प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–७ सरिखेत पलासे बस्ने ४४ वर्षीय मित्रलाल भन्ने किशोर लामा मगरलाई पक्राउ गरेको हो । जिल्ला आदालत मकवानपुरको २०७१।०३।०८ गतेको फैसलाले उनलाई लागू औषध गाँजा मुद्दामा ३ वर्ष कैद सजाय तोकेको थियो । फरार रहँदै आएका मगरलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतमा पेश गरी कारागार चलान गर्नेतर्फ आवश्यक कारबाही भइरहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता पवन कुमार झाले जानकारी दिए ।