हेटौंडा, १० मंसीर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले प्रदेश नम्बर-३ को राजधानी तथा नामांङ्कनको बिषय छिटो टुंग्याउन आग्रह गर्नुभएको छ । आज हेटौंडामा मुख्यमन्त्री निवासमा भएको भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुख्यमन्त्री डोरमणी पौडेललाई आग्रह गर्नुभएको हो ।

सत्तारुढ दलको अध्यक्षको हैसियतले सहयोग गर्ने बताउदै अध्यक्ष दाहालले अब पनि यहि बिषयमा अड्केर बस्ने समय नरहेको स्पष्ट पार्नुभयो । राजधानी र नामको बिषय सकेर विकास निर्माणमा मात्र केन्द्रित हुनुपर्ने अबस्था रहेको उहाँको भनाई छ । बर्तमान सरकारलाई विकास निर्माण गरेर आमुल परिबर्तन गर्ने अबसर संगै सबै संरचना नयाँ बनाउदा आएका जटिलताका बिषयहरुमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाई छ । उहाँले समयसिमा तोकिएका ऐनहरु बनिसकेको र अब बाँकी ऐनहरु पनि बन्नेक्रममा रहेकोले अब विकास निर्माणबाट छलाङमार्ने बताउनुभयो । साथै नेपालको विकासदर सन्तोषजनक रहेको अन्तराष्टिङय एजेन्सीहरुले बताईरहेको समेत उहाँले बताउनुभयो ।

५० स्थानभन्दा बढी स्थानहरुमा हुन लागेको उपनिर्वाचनमा जनता उत्साहित रहेको अध्यक्ष दाहालको भनाई छ । उहाँले अब आफुले अली बढी पार्टी र संगठनमा जोडबल दिने भनि गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानहरुमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रती जनता सकारात्मक देखिएकोले परिुणाम फेरी नेकपाकै पक्षमा हुने बिस्वास ब्यक्त गर्नुभयो । संबिधानमा उल्लेख भए अनुसारको समाजबाद निर्माण गर्न नेकपाका दुबै अध्यक्षले भुमिका खेलिरहेको उहाँको भनाई छ ।