सांकेतिक फोटो

हेटौंडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको ४ नम्बर पुल नजिकै भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना४६ प२५०४ नम्बरको मोटरसाइकल सोहि दिशाबाट आउँदै गरेको ना५ ख९०५५ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा मोटरसाइकलमा सवार रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने २६ वर्षीया तिर्थ कुमारी राई र निजकै छोरा १ बर्षीय आहान चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाईते भएका आमाछोराको मकवानपुरको हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।