हेटौंडा,४ कात्तिकः मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिका–८ र ९ स्थित ज्यामिरे सिम्पानी संयुक्त तटबन्धनको आज सोमबार शिल्यान्यास गरिएको छ ।
तटबन्धका लागि गत आर्थिक वर्ष २०७५/०७६ मा प्रतिनिधी सभा सदस्य बिरोध खतिवडा तथा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको पहलमा केन्द्र सरकारबाट बजेट ल्याइएको थियो । करिब १५ करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त तटबन्धनको लागि साँढे ७ करोड रुयैयाँ बजेट छुट्याइएको छ ।
राप्ती खोला तथा चुरे क्षेत्रबाट आएको खहरेबाट मनहरीको ज्यामिरे तथा सिम्पानी क्षेत्रलाई सुरक्षित राख्नका लागि करिब ७ सय मिटर तटबन्ध निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । निर्माणका लागि गत असार अगाडि नै टेण्डर प्रक्रिया मार्फत निर्माण कम्पनीको टुङ्गो लागिसकेको थियो ।