हेटौंडा,४ कात्तिकः पारिवारीक नीजि वन संघ ३ नम्बर प्रदेश अध्यक्षमा सहदेव न्यौपाने चयन भएका छन् । आज हेटौंडामा सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले भक्तपुरका न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामेछापका यमकुमारी घिमिरे, सचिवमा मकवानपुरका गिता कुमारी न्यौपाने र कोषाध्यक्षमा चितवनका उमाकान्त बराल चयन भएका छन् ।

समितिको सदस्यहरुमा रसुवाका रबि घले, काभ्रेका सञ्जिव ढकाल, भक्तपुरका पवित्रा तिमल्सिना, रामेछापका देव बहादुर श्रेष्ठ र चितवनका सानिमाया लामा चयन भएका छन् ।