हेटौंडा,९असोज
हेटौंडामा नागरिक समाज स्तरबाट हिजो मंगलबार देखि निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविरमा १८७ जना बिरामीले सेवा लिएका छन । मंगलबार देखि हेटौंडा अस्पतालमा संचालन भइरहेको सिविरमा ज्वरो सङ्ग सम्बन्धित रोगहरुको परिक्षण भइरहेको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन भएको हो ।

मकवानपुर जिल्ला भर नै डेङ्गुको महामारी फैलिएको सन्दर्भमा नागरिक समाज स्तरबाट नै यसको न्यूनीकरण गर्न र थप फैलन बाट रोक्न शिविर सञ्चालन गरिएको समन्वय समितिका महासचिव शिवहरि दाहालले जानकारी दिए ।अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । सिबिरमा हेटौंडा लगाएत मकवानपुरका विभिन्न गाउँपालिकाहरुबाट समेत बिरामी आइरहेको दाहालले जानकारी दिए ।

सिबिरमा टोल बिकास संस्था मार्फत डेङ्गु र ज्वरो सङ्ग सम्बन्धित रोगहरुका बारेमा आम सर्बसाधारण नागरिकहरुलाई समेत जानकारी गराइएको टोल बिकास संस्था नगर समन्वय समितीका अध्यक्ष धुर्ब अधिकारीले जानकारी गराए । करिब १ हप्ता संचालन हुने सिबिरमा ज्वरोका सबै विरामीहरुलाई सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न आग्रह गरेका छन् ।