असोज ८
धनुषामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका बस्ने स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक जना कामदार रहेका छन् । कामदारको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएर तार खस्दा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । बुधबार बिहान ढिलोसम्म होटल नखुलेपछि स्थानीयले हेर्न गएका थिए । तीनै जना मृत भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । तीनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याईएको छ ।