असोज ५
लागुपदार्थ उत्पादन र ओसारपसारमा ट्रान्जिट जिल्लाको रुपमा रहेको मकवानपुरमा लागुपदार्थ ओसारपसारमा २० देखी २५ वर्ष उमेर समुहका अभियुक्त बढि संलग्न रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार ३ आर्थिक वर्षमा मकवानपुरमा लागुपदार्थ सहित ६०६ जना पक्राउ परेकोमा सबैभन्दा धेरै २० देखी २५ वर्ष उमेर समुहका पाईएका हुन् । जसमा हालसम्म एकसय ३५ जना अभियुक्तहरु सो उमेर समुहका रहेका छन् ।
जसमा आर्थिक वर्ष २०७३/७४ मा ४६ जना , ०७४/७५ मा ७१ जना र चालु आर्थिक वर्ष ०७५/७६ मा १८ जना २० देखी २५ वर्ष उमेर समुहको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ । त्यस्तै ३० देखी ३५ वर्ष उमेर समुहका एकसय १६ जना पक्राउ परेका छन् । जसमा आर्थिक वर्ष ०७३/७४ मा २९ जना , आव ०७४/७५ मा ४४ जना र चालु आव ०७५/७६ मा ४३ जना अभियुक्त पक्राउ परेका छन् । यस तथ्यांकले लागुपदार्थ ओसारपसारमा युवा समुहको बढि संलग्नता रहेको देखाउछ । पछिल्लो समय लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवाहरुको संङख्या बढिरहेको बेलामा लागुपदार्थ ओसारपसारमा पनि युवा समुहकै बढि संलग्नता पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहको अनुसार २० देखी २५ वर्ष उमेर समुहको उमेर अत्यन्त जोखिमपुर्ण उमेर भएको र सो उमेर समुहको युवाहरु अभिभावक तथा समाजको नियन्त्रणमा नहुने हुदा उनीहरुको लागुपदार्थ ओसारपसारमा संलग्नता बढि पाईएको हो । त्यस्तै ३० देखी ३५ वर्षका उमेर समुहका मानिसहरु बेरोजगारीका कारण लागुपदार्थ ओसारपसारमा संलग्न रहेको प्रहरी उपरिक्षक सिंहको भनाई छ । रोजगारीको अभावको कारण यी उमेर समुहका मानिसहरु लागुपदार्थ जस्तो गैरकानुनी वस्तु किनबेचमा पुग्ने गरेका छन् , सिंहले भने ।