हेटौंडा,२ असोजः छतिवन स्थित शहीद रुद्र पाख्रिनको शालिक अगाडी उभिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बकैया गाउँपालिका कमिटीले आज सपथ ग्रहण गरेको छ ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले दिमागमा विचलनले घर गरेको बेला शहिदहरुलाई स्मरण गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने, “जतिबेला तपाईंको दिमागमा विचलनले घर गर्छ, त्यतिबेला महान शहीदहरुको बलिदानलाई सम्झिनुस् । यतिबेला हामी शहीद रुद्र पाख्रिनको शालिक अगाडी उभिएर सपथ लिँदै छौ ।” महान शहीदहरुको वलिदानीलाई सम्झीएर अघि बढ्ने हो भने गलत ठाउँमा नपुग्ने केन्द्रीय सदस्य न्यौपानेको दावी थियो ।
कार्यक्रममा नेकपा बकैया गाउँकमिटीका अध्यक्ष नारायण तिमल्सिना, सचिव भक्तबहादुर खत्रीसहित ७५ जनालाई सपथग्रहण गराइएको थियो । बकैया गाउँपालिका पार्टी कमिटी अध्यक्ष नारायण तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी, नेकपाका मकवानपुर जिल्ला कार्यालय सदस्यहरु बद्री लम्साल, बलराम बल, एकलाल श्रेष्ठ, श्रीधर पोखरेल, प्रमिला लामा पुलामी, सचिवालय सदस्यहरु लक्ष्मी गोले पाख्रिन, लक्ष्मी माझी, जिवन गोले, जिल्ला सदस्यहरु लोकनाथ गौतम, दल बहादुर वाईबा, सृजना थिङ लगायतको उपस्थिति रहेको थियो ।