हेटौंडाः हेटौंडा खानेपानी बोर्डले गत आर्थिक बर्षमा १३ करोड ४४ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । जसमध्ये बोर्डले १० करोड ३३ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ ।

बोर्डले आन्तरिक आयतर्फ खानेपानी महशुल वापत ७ करोड ८७ लाख ६६ हजार, जरिवाना, नयाँधारा र मिटर जडानबाट १ करोड १६ लाख ७ हजार आम्दानी गरेको छ । बाह्यतर्फ उपमहानगरबाट सेवा विस्तारका लागि ९७ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु खर्चमा बोर्डले कर्मचारी तलब भत्तामा २ करोड ६७ लाख ७८ हजार, सेवा सञ्चालन, बिद्युत महशुल, मर्मतमा ३ करोड ८१ लाख ७२ हजार खर्च गरेको छ भने पुँजीगतमा डिपट्युवेल सञ्चालन निर्माण, कार्यालय सामग्री खरीदमा ३ करोड ८४ लाख ४० हजार खर्च गरेको बोर्डले जनाएको छ ।—जनपत्रबाट