हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, पशुपतिनगर क्षेत्रमा तीनवटा सबारी एक आपसमा ठोक्कीदा पाँच जना घाईते भएका छन् ।
पशुपतिनगर स्थित पुर्व पश्चिम राजमार्गमा मंगलबार दिउँसो घटना भएको हो । ब्रेक लगाउँदा अनियन्त्रित भएको ना १ ख ४५०७ नम्बरको लहरीमा ना ६ ख २९९४ नम्बरको टं्याकर र सोहि ट्यांकरमा ना १ ज ५८८३ नम्बरको टाटासुमो ठोक्कीएको थियो ।
दुर्घटनामा पाँचजना घाईते भएका छन् । जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । घाइते दुईलाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।
घाईते हुनेमा काठमाडौं महानगरपालिका न्युरोडका सुदिप श्रेष्ठ, उनकी श्रीमती रमा श्रेष्ठ, ४ वर्षीया छोरी सुनिमा श्रेष्ठ रहेका छन् । त्यसैगरी सर्लाही ४५ वर्षीय लालबहादुर लामा चालक, र अस्मिता लामिछाने पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।