हेटौंडा,८ भदौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी टुंगो लगाएको छ । आज बिहान बसेको सचिवालय बैठकले जिल्लाका १० वटै स्थानीय तहहरुका लागि अध्यक्ष र सचिव तोकेको सो पार्टीका सचिव प्रेमबहादुर पुलामीले जानकारी गराएका छन् ।
कुन स्थानीय तहमा को भए अध्यक्ष र सचिव?
हेटौंडा उपमहानगरपालिका (अध्यक्षः रघु आचार्य/सचिवः तिर्थ बहादुर थापा)
थाहा नगरपालिका (अध्यक्षः अरुण रायमाझी/सचिवः सानोकाजी गोपाली)
बागमती गाउँपालिका (अध्यक्षः अरुण बल/सचिवः उत्तम पौडेल)
बकैयाँ गाउँपालिका (अध्यक्षः नारायण प्रसाद तिमल्सीना/सचिवः भक्तबहादुर खत्री)
मकवानपुरगढी गाउँपालिकाः (अध्यक्षः रामजी प्रसाद सापकोटा/सचिव राजकुमार खड्का)
भिमफेदी गाउँपालिका (अध्यक्षः सानु थापा/सचिवः दिपक गोले)
इन्द्रसरोवर गाउँपालिका (अध्यक्षः ऋषी पुणासैनी/सचिवः ब्रिजु पदम लामा)
कैलाश गाउँपालिका (अध्यक्षः बुद्धीबहादुर मोक्तान/सचिव लालसिंह गुरुङ)
राक्सीराङ गाउँपालिका (अध्यक्षः हस्तबहादुर मोक्तान/सचिवः ओमबहादुर स्याङतान)
मनहरी गाउँपालिका (अध्यक्षः रामप्रसाद कालाखेती/सचिवः हेमलाल उप्रेती)