हेटौँडा,२९ साउन । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ मा प्रदेश सरकारको अनुदानमा सञ्चालनमा रहेका दुई वटा फर्महरुको अवलोकन गरेको छ ।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सरकारले अनुदान दिएको योजना उदेश्य अनुसार सञ्चालन भए नभएको बारे जानकारीको लिएका हुन् ।
मन्त्री लामाले हेटौँडा १३ मा रहेको सुन्दर वहुउदेश्य सहकारी सस्थाले सञ्चालन गरेको वाख्रा प्रर्वद्धन कार्यक्रम तथा हेटौँडाका वडा अध्यक्ष ललित घलानले ब्यवसायीक रुपमा गरेको फूल खेतीको अबलोकन गरेका हुन् ।