हेटौंडा,२१ साउनः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले आफ्नो कार्यकर्ता भएको भन्दै नेकपा मकवानपुरे केहि ब्यक्तिहरुलाई प्रवेश गराएर प्रचार गरेको भन्दै चेतावनीपुर्ण विज्ञप्ति जारी गरेको छ ।

नेकपा मकवानपपुरको बैठकमा साउन १८ गते विप्लव समुहका जिल्ला नेता ठाकुर सिं थिङ सहित ३० जना नेपाल कम्युनिष्ट पार्टी नेकपा (मकवानपुर) मा प्रवेश गरेपछि विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले चेतावनीपुर्ण विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा नेकपा पार्टीमा प्रवेश गरेको भनिएका गुरुङ र सीताराम भन्ने व्यक्ति आफ्नो पार्टीमा ६ महिनादेखि नै नरहेको जानकारी दिइएको छ ।

‘हाम्रो पार्टीका सचिवालय सदस्य तथा कैलाश गाउँपालिका ईन्चार्ज भनिएका गुरुङ ६ महिना अघिदेखि नै पार्टीमा नरहेको जानकारी गराउन चाहन्छौं’, नेकपा मकवानपुर सेक्रेटरी अनुरागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको कुनै जिम्मेवारीमा नरहेको, ६ महिना अघिदेखि निस्कृय रहेको र पार्टीको नीति विपरित गएकोले कारबाही गरिएको थियो ।’ भ्रामात्मक समाचार दिइएको भन्दै पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको जिल्ला कार्य समिति बैठकको समयमा विप्लवको नेकपा परित्याग गरेको भन्दै क्रान्ति विरोधी नबन्न, सिआईडी, सुराकी नगर्न समेत अपिल गरिएको छ । गरेमा जो कोहीलाई नछोड्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।

तर विप्लव मकवानपुरले हालसम्म विज्ञप्तिमा भनिएको ब्यक्तिहरुलाई कारबाही गरेको भन्ने विज्ञप्ती सञ्चार माध्यममा दिएको थिएन् । तर एकाएक तिसजना कार्यकर्ता नेकपा मकवानपुरमा प्रवेश गरेपछि अनुरागको विज्ञप्ति सार्वजनिक भएको हो ।