काठमाडौं: नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधिसभा सांसद प्रकाशमान सिंह अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।
केही दिनदेखि अवस्थ नेता सिंहको स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो सोमबार अस्पताल भर्ना गरिएको हो।
पूर्वमहामन्त्री सिंहलाई उच्च ज्वरो, युरिन संक्रमण र मधुमेह बढेको बताइएको छ। अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको र केही दिन अझै अस्पताल राखेर उपचार गरिने युपी लामिछानेले जानकारी दिए।
कांग्रेसका केन्द्रीय सदस्य सिंहलाई मेडिसिटी अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा मिमी गिरीको समूहले उपचार गरिरहेको बताइएको छ।
नेता सिंहको स्वास्थ्यबारे जानकारी लिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायत मेडिसिटी अस्पताल पुगेका छन्। ‘स्वास्थ्य खबरपत्रिका’बाट