हेटौडा,१९ साउन: “कमसल ड्याम बनाउने मकवानपुरगढीका ठेकेदारलाई कार्वाही गरिने” भन्ने शिर्षकमा यस अनलाइन पत्रिकामा आज प्रकाशित समाचारप्रति सम्बन्धित निर्माण पक्षले असहमति जनाएको छ ।
उक्त समाचार एकापक्षीय र यथार्थ नभएको भन्दै समाचारको खण्डन गरेको छ । निर्माण कार्य सञ्चालन भइरहेको र सम्बन्धित प्राविधिकले अनुगमन गर्न बाँकी रहेको भन्दै सर्वसाधरणलाई भ्रममा नपर्न समेत निर्माण पक्षले आग्रह गरेको छ ।