Photo: Google

हेटौँडा,१७ साउन: हेटौँडा उपमानगर क्षेत्रमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको विरामीहरु भेटिएपछि सचेत रहन आग्रह गरिएको छ । नगर क्षेत्रमा २७ जना डेंगुका विरामीहरु फेला परेपछि हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय इकाले सबैलाई सचेत रहन आग्रह गरेको हो ।

डेंगुको कारण मृत्यु समेत हुने भएकोले आफ्नो घर छिमेकमा रहेका झाडी, पानीका खाडल लगाएतको ठाउहरुलाई सफाई गर्न समेत इकाले आग्रह गरेको छ । हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख सुपेन्द्र कार्कीले उपाहानगरपालिकाको पहलमा डेंगु नियन्त्रणको काम सुरु भैसकेको बताए डेंगु नियन्त्रणको लागि पहिलो चरण अन्र्तगतमाईकिङ गर्ने काम भएको भन्दै उनले अब लामखुट्टे प्रभावित क्षेत्रमा क्षे सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरी औषधी छर्ने काम सुरु गर्ने बताए ।
लामखुट्टेको टोकाईको कारण हुने रोग भकोले सुत्दा झुल प्रयोग गर्ने र घर वरपरको सरसफाईमा ध्यान दिन सके डेंगुको संक्रमणबाट बच्न सकिने जनाईएको छ ।

के हो डेंगु ?

स्वास्थ्य मानव जीवनको महत्वपूर्ण पक्ष हो। हरेक मानिस आफू लामो समय सम्म बाँच्ने चाहाना राख्दछ र सोही बमोजिमको जीवनशैलीको निर्माण गर्दछ। स्वास्थ्य गतिशील हुने हुँदा विविध कारणले मानिसको स्वास्थ्यको अवस्था जटिल बन्दै गइरहेको हुन्छ। त्यसमा पनि वर्षायाम स्वास्थ्यका दृष्टिले संबेदनशिल समय हो। अझ बर्षायाम शुरु हुने बेला भएकोले यो समयमा विभिन्न प्रकारका रोगहरु फैलने गर्दछन्। यी मध्ये डेंगु पनि एक हो।

नेपालमा यो रोग दिन प्रतिदिन तीब्र रुपमा फैलिदै गइरहेको छ। यो रोग विशेष प्रजातिको Aedes Aegypti नामको लामखुट्टेले टोकेर हुने तिब्र भाइरल रोग हो। यो भाइरस डेन -1, डेन -2, डेन -3, र डेन -4 गरि 4 प्रकारका हुन्छन्। नेपालमा सन् 2006 मा बाँकेमा यो रोगको बीरामी भेटिएको थियो। WHO का अनुसार बर्सेनि विश्वमा करिब 5 करोड व्यक्ति यो रोगबाट संक्रमित हुन्छन् भने 2 अर्व 50 करोड व्यक्ति जोखिममा रहेका छ्न्।

यो रोग सार्ने लाम्खुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ। 2010 मा नेपालमा यसले माहामारीको रुप लिएको थियो, जसमा 917 जना बिरामीमा 5 जनाको मृत्यु भएको थियो। डेंगुलाइ Back bone fever का नामले पनि चिनिन्छ। यो रोग पोथी जातको लाम्खुट्टेले मात्र सर्ने गर्दछ।

यो रोग लाग्दा एक्कासि ज्वरो आउने, टाउको, ढाड, जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, नाक, कान, गिजा, गुद्द्द्वारबाट रगत आउने जस्ता लक्षणहरु देखा पर्छन्। यो रोग विरुद्द खोप तथा खास कुनै उपचार समेत नभएकाले लाम्खुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने मुख्य उपाय हो।

यो रोगबाट वच्नको लागि घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवं ढोकामा जाली लगाउने, रोगको शंका लागेमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गर्ने गर्नुपर्दछ। डेंगु प्रभाबित जिल्लामा स्थानीय एफ. एम रेडियो तथा पत्र पत्रीका मार्फत राज्यका तर्फबाट डेंगु विरुद्दमा विभिन्न प्रकारका कर्यक्रम, विज्ञापन तथा विज्ञका अन्तर्वाता प्रशारण गरेर चेतना फैलाउन सकिन्छ।