१७ साउनः भारतका बरिष्ठ पत्रकार रविश कुमारले सन् २०१९ को म्यागासेसे पुरस्कार पाएका छन् । रविश एनडीटीभीमा कार्यरत छन् ।

म्यागासेसे पुरस्कारलाई एसियाको नोबेल पुरस्कारका रुपमा मानिन्छ । म्यागासेसे फाउण्डेशनले रवीशको पत्रकारिता प्रतिको निष्ठा, इमान्दारिता, विश्वसनियताका कारण प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

सन् १९५७ मा स्थापना भएको योे पुरस्कार फिलिपिन्सका पूर्व राष्ट्रपति रमन म्यागासेसेको सम्झनामा प्रदान गरिँदै आएको छ । उनीसँगै म्यानमारका को स्वे विन, थाइल्याण्डका अंगखाना निलापाइजित, फिलिपिन्सका रेमुण्डो पुजान्ते र दक्षिण कोरियाका किम जोङ–कीले पनि यो पुरस्कार प्राप्त गरेको फाउण्डेसनले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

यसअघि सन् १९७७ मा नेपालका महेशचन्द्र रेग्मी, २००२ मा भारतदत्त कोइराला, २००६ मा डाक्टर सन्दुक रुइत, २००७ मा महावीर पुन र २०१३ मा शक्ति समूहले यो पुरस्कार जितिसकेका छन् ।